लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश

लिभरपुल र साउथह्याम्पटन एफए कपको चौथो चरणमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ माघ २०७३
  • 10.9K
    Shares

प्रिमियर क्लवहरु लिभरपुल र साउथह्याम्पटन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राती भएको तेस्रो चरणको रि प्लेमा दोस्रो श्रेणीको क्लव प्लाईमाउथलाई १-० ले हराँउदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन लुकास लेईभाले निर्णायक गोल गरेका हुन् । एफ.ए कप अन्तर्गग राती भएको अर्को खेलमा नर्वीच सिटीलाई १-० ले हराँउदै साउथह्याम्पटन पनि चौथो चरणमा पुगेको छ ।

खेलमा साउथह्याम्पटनका लागि सेन लङले ईन्जुरी समयमा निर्णायक गोल गरे । एफ.ए कप तेस्रो चरणकै अर्को खेलमा बर्मीङ्घम सिटीलाई ३-१ ले हराँउदै न्युकासल युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार