पन्ध्रौं आहा रारा गोल्डकप अाजदेखि सुरु हुँदै

पन्ध्रौं आहा रारा गोल्डकप अाजदेखि सुरु हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ माघ २०७३
  • 9.8K
    Shares

काठमाडौं, ४ माघ ।

पन्ध्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहारा क्लब खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा हुनेछ । प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता छ । अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एफसी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार