अन्नपूर्ण पोस्ट्का दोलखा संवाददाता रविन्द्र गौतमको नि’धन भएको छ।
नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत रहेका गौतमको को’रोना संक्र’मणपछि उप’चारको क्रममा नि’धन भएको हो। गौतम दोलखास्थित रेडियो भिमेश्वरको स्टेशन म्यानेजर समेत थिए।
दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षी’य गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अ’स्पतालमा उप’चारकै क्रममा नि’धन भएको पारिवा’रिक स्रो’तले जानकारी दिएको छ ।
को’रोना संक्र’मण पु’ष्टि भएपछि जेठ ९ गते चरिकोट अ’स्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अ’स्पतालमा उपचार’रत गौतमको स्वा’स्थ्यमा थप सम’स्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखिएको थियो। गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन्।
दोलखाको भिमेश्वर नगरपालिका-३ निवासी गौतम डेढ दशकदेखि पत्रका’रितामा सक्रिय थिए । इमेज च्यानल, अभि’यान आ’र्थिक दैनिक, डिसी नेपाल डटकम, नवत’रंग साप्ताहिकमा काम गरेका गौतम पछिल्लो चार वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आव’द्ध थिए।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, को’रोना संक्र’मणकै कारण नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको पनि नि’धन भएको छ । गत वैशाख ३१ गते को’रोना संक्र’मण भएपछि उप’चारका लागि झापाको बिर्तासिटी अ’स्पताल पुर्या’इएका उनको उप’चारकै क्र’ममा शनिबार नि’धन भएको हो ।

भण्डारीको शनिबार बेलुका फिदिम ४ माझीटारस्थित हेंवाखोला घा’टमा अ’न्त्येष्टि गरिएको नेपालपत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जान’कारी दिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शो’क व’क्तव्य जारी गर्दै भण्डारीको नि’धनले पत्रका’रिता क्षेत्रमा अ’पु’रणीय क्ष’ति पुगेको उल्लेख गरेको छ ।
हिलिहाङ गाउँपालिका ५ सुभाङ घर भई फिदिम बस्दै आएका भण्डारी १५ वर्षदेखि स्थानी’य सञ्चार माध्यममा क्रि’याशिल थिए । भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।