नेपालमा ‘भारती’य भेरि’यन्ट’को को’रोना भा’इरस फैलि’एको स्वास्थ्य मन्त्रालयको दा’बी

नेपालमा ‘भारती’य भेरि’यन्ट’को को’रोना भा’इरस फैलि’एको स्वास्थ्य मन्त्रालयको दा’बी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ जेष्ठ २०७८
  • 3.3K
    Shares

swab collection, swab test

नेपालमा ‘भार’तीय भेरिय’न्ट’को को’रोना भा’इरस फैलि’एको दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ ।
देशका विभिन्न भागबाट को’भिड–१९ का सं’क्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्वि’न्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 फैलिए’को दा’बी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भार’तीय भेरिय’न्ट हाे भने तीन प्रतिशतमा पाइएको बेला’यती भेरि’यन्ट हाे । भारतलाई तहसनहस बनाएको भेरि’यन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ता’को विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
योसँगै नेपालमा परिव’र्तित भाइ’रससहित तीन किसिमका भेरिय’न्ट रहेको पु’ष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरि’यन्टलाई ‘भेरि’यन्ट अफ कन्स’र्न’ भनेको थियो । नयाँ भेरि’यन्ट सबै उमेर समूहमा धेरै संक्रा’मक रहेको अध्य’यनहरुबाट पाइएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटि’एको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटि’एको छ । दुवै भेरि’यन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भे’रियन्ट अफ कन्सर्न घोष’णा गरेको छ । यो सबै उमेर समूहमा धेरै संक्रा’मक र जोखिम’पूर्ण रहेको अध्य’यनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरिय’न्ट चिन्ता’को विषय भएको बताउँछन् । ‘यो भेरि’यन्टले भारतमा जुन गतिमा संक्र’मण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको सं’केत देखिए’को थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ता’को विषय हो ।’

के हो भारती’य भेरिय’न्ट ?

सामान्यतयाः भाइर’सहरुले आफ्नो स्व’रुप परि’वर्तन गरिरहन्छन् । यसरी स्व’रुप परिव’र्तन गर्ने क्रममा र्ने क्रममा पुरानो भाइ’रस नयाँ प्रकारको बन्छ । यसैलाई भेरि’यन्ट भनिन्छ ।

पहिलो पटक २०१९ मा भेटि’एको कोरो’ना भाइ’रसको पनि विभिन्न भेरि’यन्टहरु भेटि’एका छन् । बेलायतमा भेटि’एको बी १.१.७ लाई यूके भेरिय’न्ट भनेर चिनि’न्छ भने ब्राजिलमा पी.२ भेरि’यन्ट भेटिएको छ ।

भारतको महाराष्ट्रमा सन् २०२० को अक्टोबरमा पहिलोपटक बी.१.६१७ भेरि’यन्ट देखियो । मे १० मा डब्ल्यूएचओले बी.१.६१७ लाई ‘भेरि’यन्ट अफ कन्स’र्न’ को रुपमा वर्गी’करण गरेको थियो ।

यद्य’पि यस विषयमा धेरै अध्य’यन भएको छैन । डब्ल्यूएचओको प्रावि’धिक क्षेत्रको नेतृत्व गरिरहेकी मारिया भान केर्खोभले भनेकी छिन्, ‘केही प्रार’म्भिक अध्यय’नको नतिजाले संक्रा’मकता बढाएको देखाएको छ ।’

बी.१.६१७ भेरियन्टभित्र पनि तीनओटो सिक्वेन्स देखिएको छ, जसलाई बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ नाम दिइएको छ ।

पहिलो र दोस्रो सिक्वेन्सधेरै संक्रा’मक देखिएको छ भने तेस्रो सिक्वे’न्स निकै कम मात्र पाइएको छ । संक्राम’क देखिएका दुईमध्ये पनि बी.१.६१७.२ सबैभन्दा धेरैमा देखिए’को छ ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

नेपालमा भेटिएको नयाँ भेरिएन्ट बारे स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञाप्ति
नेपालमा भेटिएको नयाँ भेरिएन्ट बारे स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञाप्ति

प्रतिक्रिया