काठमाडाैँ, २६ पुस ।
अख्तियारका निवर्तमान प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे रिहाईकाे माग गर्दै अाज देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भएका छन् ।
नेकपा (माअाेवादी)निकट अखिल (क्रान्तिकारी)ले अाफ्ना कार्यकर्ताकाे रिहाइकाे माग गर्दै शैक्षिक हड्तालकाे अाह्वान गरेकाे हाे ।
काठमाडाैँ उपत्यकाका संस्थागत र सार्वजनिक सबै शैक्षिक संस्थाहरु बन्द छन् । मंगलबार शैक्षिक संस्था बन्द रहेका कारण काठमाडाैँमा जाम कम भएकाे छ ।
अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले संगठनकाे अाह्वानलाई सबैले सहयाेग गरेकाे जानकारी दिँदै कसैले बेवास्ता गरे त्यसबाट हुन सक्ने क्षतिकाे जिम्मा अाफूहरुले नलिने बताए ।
प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढालाई हिजाेमात्र सर्वोच्च अदालतले १ महिना जेल चलानको फैसला गरेकाे थियाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो
आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनाएको छ ।