एमालेसहित ९ विपक्षी दलले काठमाडाैंमा र्‍याली निकाल्दै

एमालेसहित ९ विपक्षी दलले काठमाडाैंमा र्‍याली निकाल्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ पुष २०७३
  • 6.4K
    Shares

काठमाडौं, २२ पुस ।

एमालेसहित ९ वटा विपक्षी दलले काठमाडाैंका ४० ठाउँबाट र्‍याली निकाल्ने बताएकाे छ । दिउँसो भृकुटीमण्डपमा सभा सुरु हुनुअघि र्‍याली निकाल्न लागिएको हो । कतिपय ठाउँबाट जुलुस सुरु भइसकेको एमालेले जनाएकाे छ ।

जुलुसका कारण काठमाडौंका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ । संविधान  कार्यान्वयन, तोकिएको समयमा तीनै तहको चुनाव, लगायतमा सरकारलाई दबाब दिन भन्दै विपक्षी दलले दबाबमुलक कार्यक्रम गरेका हुन्  ।

सभालाई एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल र राष्ट्रिय पार्टी लोकतान्त्रिक नेपाल, बहुजन शक्ति पार्टी, नेपा राष्ट्रिय  पार्टी र मधेस समता पार्टी नेपालका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया