पोखरामा सोमबार साँझ फेरी थपिए, ३२ जनामा कोरोना संक्रमित

पोखरामा सोमबार साँझ फेरी थपिए, ३२ जनामा कोरोना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 5.3K
    Shares

कोरोना संक्रमण

गण्डकी प्रदेशमा सोमबार साँझ थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार साँझ कास्कीको पोखरा महानगरमा २७ सहित. स्याङजाका ४ जना र तनहुँका १ गरी गण्डकी प्रदेशमा ३२ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का १ पुरुष तथा १ महिला , ६ का ५ पुरुष, ७ का २ महिला , ८ का १ पुरुष तथा १ महिला , १० का १ पुरुष तथा २ महिला, १२ का १ पुरुष तथा १ महिला , १४ की १ महिला, १५ का २ पुरुष, १७ का १ पुरुष, १८ का १ पुरुष, २३ का १ पुरुष, २६ का ३ पुरुष र ३० का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा आधिखोला ३ की १ महिला, फेदीखोला ३ का १ पुरुष, भिरकोट १ का १ पुरुष, वालिङ ३ का १ पुरुष तथा तनहुँको शुक्लागण्डकी ४ का १ पुरुषमा कोरोना देखिएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ६० पुगेको छ ।

प्रतिक्रिया