पोखरामा २४ सहित गण्डकी प्रदेशमा ५६ जनालाई कोरोना पुष्टि

पोखरामा २४ सहित गण्डकी प्रदेशमा ५६ जनालाई कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.9K
    Shares

पोखरा – पोखरा महानगरका २४ सहित गण्डकी प्रदेशमा ५६ जनालाई कोरोना पुष्टि भएको छ । 
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान पहिलो बिज्ञप्ती जारी गर्दै संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका १ का १ पुरुष, ३ की १ महिला,, ८ का १ पुरुष , ९ का १ पुरुष तथा १ महिला, १० का २ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का २ पुरुष, १५ का २ पुरुष तथा १ महिला,  १७ की १  महिला, २५  की २ महिला, २९ का १ पुरुष तथा १ महिला वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन्  ।

त्यस्तै नवलपुर देबचुली २ का  २ महिला, १३ की १ महिला , १६ का २ पुरुष  र कावासोती २ का १ पुरुष, ८ की १  महिला, १६ का १ पुरुष १ महिला, गैंडाकोट २ की १  महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, १० का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष तथा १ महिलामा सोमबार बिहान कोरोना पुष्टि भएको हो ।

बागलुङको बागलुङ नगरपालिकाका २ का  पुरुष तथा १३ की १ महिला, ताराखोला १ का १ पुरुष, लमजुङ बेसीसहर ७ की १ महिला,  तनहुँको म्याग्दे २ का १ पुरुष, दुलेगौंडा २ का २ पुरुष, ४ की १ महिला, तनहुँको भानु २ का १ पुरुष , वडा नखुलेका १ पुरुष तथा १ पुरुष , ब्यास ११ का १ पुरुष तथा १ महिला, शुक्लागण्डकी ७ की १  महिला र गोरखा १३ की १ महिलारहेका छन ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको  छ ।

प्रतिक्रिया