पोखराबाट अबैध लागूऔषधसहित दुई जना मोटरसाइकल वर्कशप संचालक पक्राउ

पोखराबाट अबैध लागूऔषधसहित दुई जना मोटरसाइकल वर्कशप संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ असोज २०८३
  • 703
    Shares

पोखरा, २७ असोज २०८३।

पोखराबाट लागूऔषधसहित दुई जना मोटरसाइकल वर्कशप संचालक पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो ४:०० बजे पोखरा महानगरपालिका वडा नं. १४ भेडीफारममा मोटरसाइकल वर्कशप संचालन गरी बस्ने दुई जना पक्राउ परेका हुन्क।

पक्राउ पर्नेमा भेडीफारममा मोटरसाइकल वर्कसप सञ्चालन गरी बस्ने वर्ष ४४ का बृज किशोर तेली र वर्ष ३७ का मिलन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , उनीहरूको साथबाट डाईजापाम १५ एम्पुल, ब्रुप्रिनोर्फिन १३ एम्पुल र फेनेरागन १९ एम्पुल गरी जम्मा ४७ एम्पुल लागूऔषध, लागूऔषध सेवनमा प्रयोग हुने सिरिन्ज २८ थान, नगद २० हजार ६३० रुपैयाँ र मोबाइल २ थान बरामद भएको हो।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार