गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टलाई कोरोना संक्रमण

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टलाई कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 4.1K
    Shares

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित गण्डकी प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वव परीक्षणमा कोरोना संक्रमणमा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखरामा कार्यरत २६ वर्षीया ल्याब असिस्टेन्टलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका बाँकी १० जना स्याङ्गजा जिल्लाको भिरकोट नगरपालिकाका हुन्। नयाँ १० मध्ये छ जना पुरुष र चार जना महिला रहेका छन्।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार सातसय ९७ पुगेको छ | सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया