पोखरा , २६ असोज २०८३ ।
नवलपुरको गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गिरीले बताए।