पोखरा, ४ कार्तिक २०८३ ।
स्कुल बस दुर्घटनामा उपचाररत एक जनाको मृत्युु
पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेकी थप एक जना विद्यार्थीका मृत्यु भएको छ ।
पोखराबाट थप उपचारका लागि काठमाडौं लगिएकी १५ वर्षीया अस्मी कँडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कँडेलको काठमाडौंको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
२०८३ असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।