सुदूरपश्चिममा भूकम्पको कडा धक्का महशुस

सुदूरपश्चिममा भूकम्पको कडा धक्का महशुस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 9.4K
    Shares

कन्चनपुर,२५ माघ ।

कन्चनपुर, कैलालीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको कडा धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताए ।

सोमबार राति राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही भूकम्पको धक्का सुदूरपश्चिमका जिल्ला पनि हल्लाएको हो।

उता  जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुगेको खबर नआएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार