पोखरा महानगरपालिकाले फेरी अर्को एक अधिकृत गुमाएको छ l महानगरपालिकाले भण्डार शाखाका प्रमुख चुडामणि शर्मालाई गुमाएको हो l
शर्माको गए राती तीन बजे पोखराको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो l स्वास-प्रस्वास सम्बन्धि रोग र युरिक एसिडबाट पिडित उनलाई रोगले च्यापेपछि गएराती नै अस्पताल लागिएको थियो l
थोरै हिंड्दा पनि स्या-स्या हुने र आफुलाई घुंडा दुख्ने समस्या रहेको बताउने शर्मा हर समय मुखमा मास्क लगाएर हिंड्ने गर्थे l
यस अघि महानागरपालिकाकै सामाजिक शाखा प्रमुख ओमराज पौडेलले पोखराको महेन्द्रपुलस्थित पुलबाट हाम फालेर गएको असार ९ गते आत्महत्या गरेका थिए l प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा महिलासंगको निरन्तर सम्पर्कका कारण ओमराज पौडेलले आत्महत्या गरेको दाबी गरेको थियो l तर प्रहरीले त्यस घटनाका बारेमा बिस्तृत विवरण सार्वजनिक गरेको छैन l