उदयपुरमा प्रहरीले बोकेको सर्टगनबाट पड्कियो गोली : मतपेटिकामा सामान्य क्षति

उदयपुरमा प्रहरीले बोकेको सर्टगनबाट पड्कियो गोली : मतपेटिकामा सामान्य क्षति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 8K
    Shares

पोखरा,२१ फागुन २०८२।

उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको सर्ट गन पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा मतदान शुरू भएको केही मिनेटमै सर्ट गन पड्किएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको सर्ट गनको गोली पड्किएको हो । अद्यापि कुनै पनि मानवीय क्षति भएको छैन । मत पेटिकामा भने सामान्य क्षति पुगेको छ । गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ ।

प्रतिक्रिया