पोखराका पत्रकार हरि पन्तलाई पत्नीशोक

पोखराका पत्रकार हरि पन्तलाई पत्नीशोक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 228
    Shares

पोखरा, ११ मंसिर २०८३ ।

पोखराका पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ। उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा निधन भएको हो।

पाँच वर्षदेखि क्यान्सरबाट पीडित मीराको बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा निधन भएको परिवारले जानकारी दिएको छ। उनको भरतपुरस्थित क्यान्सर अस्पतालमा पनि पटक-पटक उपचार हुँदै आएको थियो।

धादिङ त्रिपुरासुन्दरी-६, आगिञ्चोक गोल्याङका पन्त परिवार हाल पोखराको मालेपाटनमा बस्दै आएको छ।

हरि पन्त नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य हुन्। उनी नेपाली कांग्रेस पोखरा-५ का कार्यसमिति सचिव, धादिङ-पोखरा सम्पर्क समाजका सल्लाहकार तथा प्रेस युनियनमा आबद्ध छन्।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले पन्तलाई पत्नीशोक परेकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। शुभेच्छुक तथा साथीभाइले पनि सामाजिक सञ्जालमार्फत मीराप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्व. मीराको बिहीबार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार