निर्वाचन बहिष्कार अभियानमा संलग्न आरोपमा नेकपा बहुमतका दुई जिल्ला नेता मोरङमा पक्राउ

निर्वाचन बहिष्कार अभियानमा संलग्न आरोपमा नेकपा बहुमतका दुई जिल्ला नेता मोरङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० फाल्गुन २०८२
  • 5.9K
    Shares

पक्राउ , गिरफ्तार , arrest, nail, hatkadi

पोखरा,२० फागुन २०८२।

निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङ्बाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना नेतालाई पक्राउ गरेको छ।

निर्वाचन बहिष्कार सम्बन्धि गतिविधिमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट आज दिउँसो साढे ४ बजे नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उक्त पार्टीका मोरङ् जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई र जिल्ला सेक्रेटरी झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। उनीहरु बिरुद्ध आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा समेत संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

उक्त घटनाका सम्बन्धमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रतिक्रिया