नवलपुरको दाउन्नेमा गएराती भारतीय ट्रकले चार वटा गाडीलाई ठक्कर दियो : आठ जना घाईते

नवलपुरको दाउन्नेमा गएराती भारतीय ट्रकले चार वटा गाडीलाई ठक्कर दियो : आठ जना घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ फाल्गुन २०८२
  • 3.8K
    Shares

पोखरा,२७ फागुन २०८२।

नवलपुरको दाउन्नेस्थित पूर्व पश्चिम राजमार्गमा गएराति भारतीय ट्रकले एकै साथ चार वटा सवारी साधनलाई ठक्कर दिंदा आठ जना घाईते भएका छन् ।

सुनौलीबाट पुर्वतर्फ आइरहेको up 21BT2791 इण्डियन कन्टेनरले बिनयी त्रिवेणी गाउँपालिक २ घिउखोला नजिक पुर्व – पश्चिम राजमार्गस्थित एकतर्फी सडकमा ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भइ तीन वटा बस र एउटा मोटर साईकललाई ठक्कर दिंदा आठ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, कन्टेनरले कर्णाली प्रदेश ०१-००१ ख ११९२ नं. को बस, कर्णाली प्रदेश ००२प ९५७० नं. को मोटरसाईकल, लु.प्र.०१-००१ ख ०८२२ नं. को बस र लु २ ख २४७५ बसलाइ ठक्कर दिएको हो ।

दुघर्टनामा परी कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६ बस्ने ३० बर्षीय अमर कार्की, २५ बर्षीय महेनन्द्र महतारा, रोल्पा जिल्लाको स्मृती गाउँपालिका ४ बस्ने ४४ बर्षीय शंकर बिष्ट, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १२ बस्ने बर्ष ३४ को विनोद कुमार अछामी, रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ लिवाङ बस्ने बर्ष ४७ को उदी राम बिष्ट घाईते भएका छन् ।

त्यसैगरी धरान १५ बस्ने बर्ष ३० को नाम्नु हाङ राइ, रोल्पा नगरपालीका वडा नं. २ बस्ने बर्ष २४ को दर्शन पोख्रेल , सुनसरी नगरपालिका वडा नं.५ बस्ने बर्ष ३४ को चन्द्र सिंह थापा, प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ६० को यज्ञ प्रसाद भुषाल घाईते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया