पोखरा,२१ फागुन २०८२।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरेका छन्।
भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारसंग कुराकानी गर्दै प्रचण्डले त्यस्तो दाबी गरेका हुन्। उनले चुनाबी परिणाम जे जस्तो आएपनि देशको असहज परिस्थितिमा गरिएको निर्वाचन सफल पार्न सबैमा आग्रह गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनले मुलुकको स्थाथित्व गराउने विश्वास व्यक्त गर्दै अघि भने , “जनताको लागि, राष्ट्रको लागि र स्थायित्वको लागि समृद्धिको यात्रा शुरु गर्नको लागि यो निर्वाचन धेरै महत्वपूर्ण निर्वाचन हो । सामान्य मात्रै होईन असमान्य परिस्थितिमा भएको निर्वाचनबाट म निकै खुसी छु. ’
उनले नयाँ र पुरानो दलको भाष्य बनाइएको भन्दै उनले निर्वाचन सहि र गलतका बीचको प्रतिष्पर्धा हुनुपर्ने बताए ।
साथै उनले निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरे। प्रचण्डले चितवनमा मतदान गरेसँगै त्यहाँबाट रुकुमपूर्व गएका छन् ।