स्याङ्जाका वडाध्यक्ष आलेको पोखरामा निधन

स्याङ्जाका वडाध्यक्ष आलेको पोखरामा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ फाल्गुन २०८२
  • 9K
    Shares

वडाध्यक्ष नवीनकुमार आले, nabin kumar ale

पोखरा,२७ फागुन २०८२।

स्याङ्जाका एक जना वडाध्यक्षको पोखरामा निधन भएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार पोखरास्थित आस्था अस्पतालमा निधन भएको हो ।

चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए। आलेको मिर्गौला फेल भएको बताइएको छ।

नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेकाआले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया