जेन जी आन्दोलनका घाइते गाडी आगजनीको आरोपमा काठमाण्डौमा पक्राउ

जेन जी आन्दोलनका घाइते गाडी आगजनीको आरोपमा काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ फाल्गुन २०८२
  • 4.1K
    Shares

पोखरा,२७ फागुन २०८२।

जेन जी आन्दोलनका घाइते गाडी आगजनीको आरोपमा काठमाण्डौमा पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा खुट्टा भाँञ्चिएर घाइते भएका सुर्खेतको विरेन्द्रनगरका २८ वर्षिय सुमन बोहरा गाडी आगजनीको आरोपमा काठमाण्डौमा पक्राउ परेका हुन्। उनले निर्वाचन विथोल्ने दुर्गा प्रसाईँ समुहको आव्हान अनुसार फागुन १९ गते काठमाण्डौको नैकापमा बिएए २८३६ नम्बरको टोयटा कारमा आगजनी गरेको आरोप प्रहरीले लगाएको छ।

यसैगरी काठमाडौंको महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी गरेको आरोपमा काठमाण्डौको चन्द्रागिरीका ५५ वर्षिय कृष्ण मिजारलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया