मतदान केन्द्रको गेटमा निर्वाचनबिरोधि पम्प्लेट प्रदर्शन गर्ने बहुमतका जिल्ला सेक्रेटरीसहित दुई जना चितवनबाट पक्राउ

मतदान केन्द्रको गेटमा निर्वाचनबिरोधि पम्प्लेट प्रदर्शन गर्ने बहुमतका जिल्ला सेक्रेटरीसहित दुई जना चितवनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 8.4K
    Shares

पोखरा,२१ फागुन २०८२।

मतदान चलिरहेका बेला मतदान केन्द्रको गेट अगाडी पुगेर निर्वाचन बिरोधी पम्प्लेट प्रदर्शन गर्ने नेकपा बहुमतका दुई जना नेता-कार्यकर्ता चितवनबाट पक्राउ परेका छन्।

भरतपुरको नारायणी नमुना मावि मतदान केन्द्रको गेटमा चुनाव बहिष्कारको पम्प्लेट प्रदर्शन गरेको आरोपमा नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण गौतमलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

नेकपा बहुमतले प्रतिनिधिसभा निर्वाचन बहिस्कारको नीति लिएको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइएपछि केही दिनदेखि नेकपा बहुमतका नेता कार्यकर्ता पक्राउ परिरहेका छन्।

यस्तै चितवन क्षेत्र नं.३ अन्तरगतको माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदानस्थलका कार्यालय सहयोगी बुद्धि सागर पौडेलले मतदातालाई प्रभावित पार्ने गरी कुनै एक पार्टीको पक्षमा भोट माग्न थालेपछि नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया