धरानमा गएराती पार्किङ गरिएका ६ वटा बसमा कसरी भयो आगलागी ?

धरानमा गएराती पार्किङ गरिएका ६ वटा बसमा कसरी भयो आगलागी ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ फाल्गुन २०८२
  • 2.7K
    Shares

पोखरा,२७ फागुन २०८२।

सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा  बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर पूर्ण रुपमा र तीनवटामा आंशिक रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए ।

डिएसपी खड्काका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको  पाथिभरा दर्शन बस पनि  पूर्ण रूपमा जलेको छ । को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ‘सीसी टिभी फुटेज हेर्दा बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको डीएसपी खड्काले बताए। तर उक्त आगजनीका बिषयमा अनुसन्धान भइरहेको उनको दाबी छ । को १ ख ६२७४  को बसबाट आगलागी शुरु भएको देखिएको बताइएको छ।

विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो । ‘विराटनगर धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको रहेछ, सुरुमा सोही बस जलेको देखिन्छ,’ डीएसपी खड्काले भने, ‘यो बस राति ९ बजेतिर पार्किङका लागि ग्यारेजमा प्रवेश गरेको देखिन्छ, साढे ९ बजेबाट आगलागी सुरु भयो, प्रहरीलाई जानकारी करिब १० बजे मात्रै पुगेको छ ।’

प्रतिक्रिया