कोरियामा एक हुण्डी दलाल नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएको पीडितले बताएका छन् | सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाईरहेका भोजपुरका सगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनिहरुले जानकारी दिएका छन् |
घलेले सस्तो दरमा नेपाल पैसा पठाई दिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए | उनि केहि दिनदेखि घर पैसा पठाउन लागेका कामदारसंग सम्पर्कबिहिन भएका हुन | घलेलाई क्यासिनोको लत लागेको थियो र उनले हुण्डी मार्फत उठाएको सबै पैसा क्यासिनोमा हारेको बताए |
एक पिडित नेपालीले १३ दिन अघि नेपाल पठाउन भनेर रु ५ लाख दिएको अस्तिसम्म दिन्छु भन्दै थिए | हिजो देखि फोन सम्पर्क नै हुन् छोडेको बताए | घले एन आर एन कोरियामा बर्तमान सचिव समेत हुन् | यस बारे एन आर एन कोरियाका एक प्रतिनीधिसंघ बुझ्न खोज्दा घलेलाई एन आर एन कोरियाले कारबाही गरि पदबाट बर्खास्त गरि सकेको जानकारी दिए |
उनि ईपिएस मार्फत कृषि भिसामा कोरिया आएर कार्यअबधि सकेर जीवन भिसामा बसेका थिए | कोरियाबाट ९० प्रतिशतको हाराहारीमा अबैध हुण्डी मार्फत नेपाल पैसा पठाईन्छ भन्दै फोनिज कोरियामा खबर छ |