हेमन्त कान्छाको ‘तिमीलाई सन्देश’ सार्वजनिक

हेमन्त कान्छाको ‘तिमीलाई सन्देश’ सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असोज २०७७
  • 2.5K
    Shares

हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । दसैँ तिहारको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ‘तिमीलाई सन्देश’ बोलको गीतमा परदेशीको पीडा समेटिएको छ ।

सुनिल मास्केले संगीत दिएको उक्त गीतमा प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । गीतकार ध्रुवप्रसाद अम्गाईले गीतको शब्द कोरेका हुन् ।

गायक हेमन्त कान्छासँगै रेनु पुन मगरको अभिनय रहेको भिडियोमा परदेश पुगेका युवा दसैँ तिहारमा घर आउन नपाउँदाको पीडालाई देखाइएको छ । आफ्नी श्रीमती र बुबाआमालाई पत्रमार्फत उसले पठाएको सन्देशलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

निश्चल पौडेलले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक युवराज वाइबा हुन् ।

https://www.youtube.com/watch?v=ofPloGg7_Co

प्रतिक्रिया