पोखरा , १९ बैशाख २०८३।
स्कुटर चोरेको भन्दै तनहुँमा गएराती एक युवालाई स्थानीय बासिन्दाले समातेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ।
तनहुँको सेपाबगैंचामा गएराति करिब १ बजे चोरको आरोपमा समातिएको भन्दै भाइरल भैरहेको उक्त भिडियोमा एउटा युवाको हातखुट्टा बाँधिएको छ र उनलाई घेरेका स्थानीय बासिन्दाले उनको परिचय मागेका छन्।
स्थानीय बासिन्दाले सोधेको प्रश्नमा ती युवाले आफ्नो नाम नहेश नेपाली भनेका छन् र उनले आफ्नो घर, ठेगाना र बाबु बाजेको नाम समेत बताएका छन्
त्यस भिडियोमा ‘सिसिक्यामरा छ भन्ने थाहा छैन भन्दै ‘गाडीको सिशा फुताल्दै हिड्ने भनेर सोधिएको छ।
राती समातिएको भनिएका ती युवालाई प्रहरीमा बुझाइएको बताइएको छ र उनको साथबाट एउटा चोरीको स्कुटर र एउटा खुर्पा बरामद भएको जानकारी दिइएको छ। तर यस बारेमा तनहुँ प्रहरीले आधिकारिक रुपमा केही बोलेको छैन।