पत्रकार तथा गजलकार विकास प्रहरको गजल ‘बहुलाएँ म’ को म्यूजिक भिडियो बजारमा आएको छ । प्रहरको पहिलो रेकर्डिङ भएको गजललाई म्यूजिक भिडियोका रूपमा बजारमा ल्याएका हुन् ।
पत्रकार विकास प्रहर त्रिपुरा न्यूज साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् भने त्रिपुरा खबर डटकमका सञ्चालक हुन् । गजल संस्था अनाममण्डली र रचनात्मक साहित्यिक समूहका माध्यमबाट गजल विकास र विस्तारमा लागि परेका छन् ।
उनको संगीतबद्ध गजलहरूमध्ये यसअघि ‘रक्त लाली’को म्यूजिक भिडियो बजारमा आइसकेको छ भने ‘निसासिन्छ किनकिन ? र हाँसी हाँसी’को म्यूजिक भिडियो बन्ने तरखरमा रकेका छन् । गायक तथा संगीतकार राज सागरले गजल ‘बहुलाएँ म’लाई संगीत भरेका छन् भने स्वर पनि उनकै रहेको छ ।
आफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराइसकेका राज सागरका धेरै वटा गजलहरू रेकर्डिङ भइसके तापनि उनको पहिलो रेकर्डिङ भएको गजल यही ‘बहुलाएँ म’ हो । जसले गजल गायको क्षेत्रमा स्थापित हुन निकै मद्दत गरेको छ । म्यूजिक भिडियोमा उपेन्द्र ढकालको मुख्य भूमिका रहेको छ । यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्।
संगीत संयोजन किरण कणेलको रहेको छ । म्यूजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी छन् । शिवाकोटीले ओ एस आरको अफिसियल यूट्युब च्यानलमार्फत बजारमा ल्याएको बताइन् । म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन प्रज्वलित पराजुलीको रहेको छ ।
मुख्य भूमिकामा उपेन्द्र ढकाल रहेका छन् भने प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन् । यस्तै आर्शु महर्जनले सहनायक र बिनीता पाण्डे, अरुण खड्का, सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन् ।