लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा ‘गाउँमै मनाऔँ दसैँतिहार’ गीति भिडियो सार्वजनिक गरिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए । ‘मनका कुराहरू व्यक्त गर्ने बलियो माध्यम गीत हो,’ उनले भने ।
रिमेशकुमार थापाले निर्माण गरेको भिडियोको गीतमा लयसंगीत रिमेशकुमार, संगीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ ।
गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।