भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३२ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३२ हजार नाघ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असोज २०७७
  • 1.7K
    Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया