आह्वान र अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायतद्वारा संकलित राहत रकम शुक्रबार कास्कीको पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट, गोठादीका पहिरोपीडितलाई हस्तान्तरण गरिएको छ ।

नेपाल मगर संघ, कास्कीले मगर संघ, बेलायतले संकलन गरेर पठाएको राहत रकम ४० हजार रुपैयाँ सराङकोटका पहिरोपीडितलाई प्रत्यक्ष रुपमा भेटेर हस्तान्तरण गरेको छ । पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र घाइतेलाई नेपाल मगर संघका केन्द्रीय