अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०७७
  • 3.3K
    Shares

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको छ।

उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बीबीसीले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई अस्पताल भर्ना गरिएको हो ।

यसअघि शुक्रबार उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ का हल्का लक्षण पनि देखिएका छन्। यसर्थ ‘अत्यन्त सावधानी’पूर्वक उनलाई अस्पताल लाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ।

प्रतिक्रिया