सुनौलो जैमिनी सस्थाले गर्‍यो टुनिबोटका मृतक परिवारलाइ राहत बितरण !

सुनौलो जैमिनी सस्थाले गर्‍यो टुनिबोटका मृतक परिवारलाइ राहत बितरण !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असोज २०७७
  • 3.3K
    Shares

जैमिनी नगरपालिका कुस्मिसेरा टुनिबोटका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । बागलुङ जिल्ला जैमिनी नगरपालिका टुनिबोट मा गएको पहिरोपीडित लाई सुनौलो जैमिनी सस्थाले राहत वितरण गरेको हो ।
संस्थाले गत २८ र २९ गते जैमिनी टुनिबोटमा घर माथी बाट गएको पहिरो मा परि मृत्यु भएकि लक्ष्मी पौडेल र हरिकृष्ण शर्माको परिवारलाइ रु १५,५५५ सहयोग गरेको हो । सुनौलो जैमिनीका उपाध्यक्ष विमल पौडेलको नेतृत्वमा सो रकम हस्तान्तरण भएको थियो ।

मृतक लक्ष्मी पौडेलको छोरी र मृतक हरिकृष्ण शर्माको छोरी लाई १५,५५५ रुपैयाँ गरी जम्मा ३१ हजार १ सय १० रुपैयाँ हस्तान्तरण गरिएको हो। वडा महिला सदस्य तुलसि देवि शर्माको प्रमुख आतिथ्यमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा संस्थाका काेषाध्यक्ष मिना कन्चन ,सहसचिब पवित्रा नेपाली , सदस्य उषा पुन लगाएतको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा जैमिनी न पाका बरिष्ठ सामाजिक विकास अधिकृत भेषराज शर्मा पाैडेल,रेडक्रस कुश्मिसेरा उपशाखा सभापति ऋषिराम पाैडेलकाे समेत सहभागिता रहेकाे थियाे ।

“विभिन्न प्राकृतिक बिपत्ति (बाढी/पहिरो) का कारण ज्यान गुमाउनु पुगेका र बिस्थापित परिवारका लागि आगामी दिनमा पनि सुनौलोले सहयोग गर्नेछ” सस्थाका उपाध्यक्ष विमल पौडेलले बताए ।सबै आम जनतालाई राहत सहयोगमा सस्था सङ हातेमालो गर्न समेत उनले आग्रह गरेका छन् ।

संस्थाले विभिन्न ठाँउमा विपतमा परेकाहरुलाई सहयोग गर्न , सहयोग अभियान सञ्चालन  गर्दै आईरहेको छ । श्रद्धाञ्जली सभाको आयोजना गरी  संस्थाका सदस्य तथा पदाधिकारीहरु सहितको टोलीले परिवारलाई राहत हस्तान्तरण र मृतक प्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार