होटल मालिक र होटल भाडामा चलाउने संचालकबीच विवादपछि भारतको गुवाहाटीमा गोली चल्यो : एक महिलासहित ५ जनाको मृत्यु

होटल मालिक र होटल भाडामा चलाउने संचालकबीच विवादपछि भारतको गुवाहाटीमा गोली चल्यो : एक महिलासहित ५ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८३
  • 589
    Shares

होटलका मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादपछि भारतको गुवाहाटीमा गोली चल्यो : एक महिलासहित ५ जनाको मृत्यु

गुवाहाटी – भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पांच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब ९ बजे आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा बोरा सर्भिसको विपरीत रहेको होटल बिलास इनमा होटलका मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादपछि गोली चल्दा एक महिलासहित पांच जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते छन् ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार ‘छ जनालाई गोली लागेको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको छ, एक जनाको उपचार भइरहेको छ ।’ भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा होटल मालिक हेलेना भराली, उनका छोरा देवरशी कश्यप, बुहारी रिनिकी कश्यप, भाई भूदेव भराली र चालक नारायण दास रहेका छन् । जसमध्ये चार जना एउटै परिवारका हुन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लिजहोल्डर घनकान्त गोगोईलाई घटनाको एक घण्टाभित्रै पक्राउ गरेको छ । उनका अनुसार हत्या लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोलबाट गरिएको थियो र उक्त हतियार बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानले घटना होटलको लिज सम्झौतासँग सम्बन्धित सम्पत्ति विवादका कारण भएको देखाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार