पोखरा, १० कार्तिक २०८३।
सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा पक्राउ परेका चार जनाको साथबाट प्रहरीले ठुलो मात्रामा बहुमूल्य गरगहना तथा अमूल्य धातुका साम्माग्रीहरु बरामद गरेको छ।
काठमाडौंको कलंकीस्थित सांसद उर्मिला थपलियाको डेराकोठामा चोरी गरेको आरोपमा पक्राउ परेका चार जनाको साथबाट प्रहरीले ठुलो मात्रामा बहुमूल्य गरगहना तथा अमूल्य धातुका साम्माग्रीहरु बरामद गरेको हो । थपलिया नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन् ।
दशैं बिदामा डेराकोठामा कोही नभएको मौका पारेर आरोपीहरुले सांसद थपलियाको डेराबाट गएको कात्तिक ५ गते आठ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।
सोही समूहले कात्तिक ६ गते काठमाडौं महानगरपालिका-१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा समेत चोरी गरेको अनुसन्धानले देखाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले आरोपीहरुले लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सुनचाँदीका गरगहना बरामद गरेको जनाएको छ ।
उनीहरुको साथबाट बरामद भएका बहुमुल्य धातु तथा गरगहना र नगद
१. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
२. १८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बाला थान-१
३. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
४. ३२ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बालाको टुक्रा थान-५
५. ३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको कछुवाको मूर्ति थान-१
६. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्का थान-१
७. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सरस्वतीको मूर्ति थान-२
८. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३
९. १४ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको औंठी थान-२
१०. ३९ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको लकेट थान-४
११. ८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको पाइला थान-१
१२. १ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको टुक्रा थान-४
१३. ११ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिन्दुर बट्टा थान-३
१४. १६२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको गणेश र लक्ष्मीको मूर्ती थान-१
१५. १२१.६७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पाउजु थान-८
१६. ५७ ग्राम तौल भएको पत्थर जडित चाँदी जस्तो देखिने धातुको सिरबन्दी थान-१
१७. २१.५ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको औंठी थान-५
१८. ७७.३७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिक्का थान-३
१९. १०५.८२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको ब्रासलेट थान-३
२०. ३३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको टुक्रा थान-१
२१. १२३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको कप थान-२
२२. ७४ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको दियो थान-१
२३. ४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पानी चढाउने चम्चा थान-१
२४. ५०२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको करुवा थान-१
२५. ४४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको टिकाथली थान-१
२६. ३६० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको बुट्टे थालको टुक्रा थान-२
२७. ८८ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१
२८. ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१
२९. विभिन्न कम्पनीका मोबाईलहरु थान-१६
३०. विभिन्न दरको भारतिय रुपैयाँ जम्मा रु.१२,३१०।–
३१. चालु र बन्द अवस्थामा रहका विभिन्न कम्पनीका घडीहरु थान-१०
३२. नेपाल र भारतको विभिन्न दरका सिक्काहरु
३३.कछुवाको आकृति भएको धातुको बट्टा थान-१