पोखरा, ११ कार्तिक २०८३।
पोखराको न्युरोडमा आज बिहनापख स्कुटर दुर्घटना हुँदा रक युवाको निधन भएको छ भने अर्को एक जना घाइते भएका छन्।
चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर बुधबार बिहान करिब दुई बजेर ५० मिनेटमाआफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार २८ वर्षीय युवाको निधन भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका कास्कीको अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आएका २८ वर्षीय आशिष कुँवरको उपचारका क्रममा गण्डकी मेडिकल कलेज (जीएमसी)मा निधन भएको हो।
सोही दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबाँस घर भई हाल पोखरा महानगरपालिका–८, न्युरोड बस्दै आएका ४३ वर्षीय भोजराज सापकोटा पनि घाइते भएका छन्।
स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक विवरण प्राप्त भए पनि दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।