पोखराबाट लागू पदार्थ सेवन गरी बस चलाउने लाइसेन्स समेत नभएको चालक पक्राउ

पोखराबाट लागू पदार्थ सेवन गरी बस चलाउने लाइसेन्स समेत नभएको चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा, ११ कार्तिक २०८३।

पोखराबाट लागू पदार्थ सेवन गरी सार्वजनिक बस चलाउने एक जना चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ ख ४१८९ नम्बरको सार्वजनिक बसका चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ०९ प्रगतिटोल बस्ने वर्ष २६ का सागर क्षेत्री रहेका छन्।

पोखरा महानगरपालिका वडा नं. ०९ स्थित पृथ्वीचोक बसपार्कमा शंकास्पद तरिकाले सार्वजनिक बस चलाउँदै गरेका क्षेत्रीलाई मंगलबार दिउसो साढे १२ बजे पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाकारी दिएको छ। श्यांकाश्पद तरीकाले बस चलाइरहेका उनलाई जाँच गर्दा लागू पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ। जाँचको क्रममा निजसँग सवारी चालक अनुमतिपत्र समेत नभएको पाइएको छ।

लागु पदार्थ सेवन गरी अनुमतिपत्र विना सार्वजनिक सवारी चलाएको पाइएपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार