तनहुँ , १० कार्तिक २०८३।
नेपाल तरुण दल तनहुँले दमौलीस्थित अनसन चौतारीमा बाटो अवरोध हुने गरी कार्यक्रम आयोजना गरेपछि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आपत्ति जनाएका छन् ।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा बाटो अवरुद्ध भएपछि नगर प्रमुख न्यौपानेले आगामी दिनमा यसरी बाटो छेकेर कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।
उनले सार्वजनिक बाटो अवरुद्ध हुने गरी कार्यक्रम गर्नु उचित नभएको उल्लेख गर्दै आगामी दिनमा खुला मैदानमा कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।