सुनौलो जैमिनी सस्थाले बागलुङ ढाेरपाटनका बाढी पहिरो पिडितलाई राहत हस्तान्तरण गरेको छ । सस्थाले बागलुङमा आज एक कार्यक्रम गर्दै ढोरपाटनका मेयर देव कुमार नेपाली लाई रु ५५,५५५ हस्तान्तरण गरेकाे हो । मेयर नेपाली लाई संस्थाका सचिव धुर्व रानाले साे रकम हस्तान्तरण गर्नु भएकाे हाे ।
ढोरपाटनमा गत भाद्र १७ गते आएको बाढी पहिरोमा परि ३४ जना भन्दा बढीको ज्यान गएको थियो । रकम बुझ्दै मेयर नेपालिले साे रकम पिडित परिवार समक्ष पुर्याउने प्रतिबद्दता व्यक्त गर्नु भएकाे थियाे। महा बिपत्तिका बेला सुनौलो जैमिनी सङ सङै विभिन्न ठाँउबाट सहयाेग रकम आउने क्रम निरन्तर जारि रहेकाे र पिडित परिवारकाे स्थाइ बसाेबासकाे प्रबन्ध गर्ने मेयर नेपालिले जानकारि दिनुभयाे ।
सामाजिक संजालमा सक्रिय रहेको सुनाैलाे जैमिनीले ढाेरपाटन लगायत अन्य ठाँउहरुमा समेत सहयाेग गरिरहेकाे छ । सस्थाले केही समय पहिला बिमामारे र टुनिबोटका पहिरो पिडितलाइ राहत प्रदान गरेको थियो ।
समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको र संस्थाले विभिन्न विपदमा सहयाेग अभियानमा जारी रहने संस्थाका उपाध्यक्ष विमल पाैडेलले जानकारि दिनुभयाे ।