“डा.गोबिन्द केसीको अनसन,माफियालाई टेन्सन” जागौँ पोखरा ( हेरौ १८ तस्वीरमा )

“डा.गोबिन्द केसीको अनसन,माफियालाई टेन्सन” जागौँ पोखरा ( हेरौ १८ तस्वीरमा )


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०७७
  • 2.5K
    Shares

आश तमु पोखरा – डा गोविन्द केसीको समर्थनमा ‘जागौँ पोखरा’ले दिनहुँ जसो पोखरामा दवावमुलक कार्यक्रम गर्दै आइरहेका छन ।

यसैबीच आज तेस्रो दिन पनि डा. केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने भन्दै समर्थकहरुले सृजनाचोकमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटक अनसनरत डा.केसीको समर्थनमा अझै सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जागौँ पोखरा अभियानका संयोजक शिरिष गुरुङले जानकारी दिए ।

उनीहरुले ‘व्यापारी सरकार चाहिदैन, सत्याग्रही मार्न पाइदैन’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा’लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

यसै गरी “जागौँ पोखरा” ले आज पोखरा सृजनाचोकमा भएको बृहत प्रदर्शनमा सहभागी भएर कार्यक्रम सफल बनाइदिनु भएकोमा सम्पुर्ण सचेत नगरीकलाई आयोजकको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।

कार्यक्रम आयोजनामा सहकार्य गर्ने सामाजिक अभियान्ता, मानव अधिकारबादी, स्वास्थकर्मी, राजनीतिक तथा बौद्धिक ब्याक्तित्व लगाए सम्पुर्णमा आभार प्रकट गर्दछौ । आयोजकले आफ्नो अफिसियल सामाजिक सञ्जाल मार्फत लेखेका छन ।

साथै सत्याग्राही डा. केसीको स्वस्थ्य झन झन नाजुक बन्दै गएको र १२ दिन सम्म सरकारले अनशन प्रती कुनै पनि सम्बोधन नगरेको, अनशन नदेखेको, नसुनेको सरकारलाई सांकेतिक बिरोध गर्दै खबरदारी स्वरुप आइतवार बिहान पनि दवावमुलक सभागृह चोक देखि मानव अधिकार चोकसम्म शान्तिपुर्ण र्‍यालीको आयोजना गरिएको बताएका छन ।

तस्वीर : आश तमु

 

प्रतिक्रिया