रास्वपाको मनोनयन सुची देखेर सांसद पौडेल तीन छक, बोहरा असन्तुष्ट : भन्छन, “बुझिन मैले बुझाईदेउ कसैले”

रास्वपाको मनोनयन सुची देखेर सांसद पौडेल तीन छक, बोहरा असन्तुष्ट : भन्छन, “बुझिन मैले बुझाईदेउ कसैले”


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, ११ असार २०८३
  • 931
    Shares

manonayan उम्मेदवार मनोनयन सुची प्रति असन्तुष्टि

चितवन, ११ असार २०८३।

रास्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि जारी उम्मेदवार मनोनयन सुची हेरेर कास्की निर्वाचन क्षेत्र नम्बर २ का सांसद उत्तम प्रसाद पौडेल तीनछक परेका छन्।

मतदान शुरु भए लगत्तै बिहानपख सामाजिक संजालमा एक स्टाटस राख्दै सांसद पौडेलले आफू उम्मेदवार मनोनयन सुची हेरेर तीनछक परेको लेखेका छन्।

मनोनयन पत्रको खुल्लातर्फ ७२ औं क्रममा आफ्नो नाम रहेको भन्दै महाधिबेशन प्रतिनिधिहरुसंग भोट मागिरहेका उनले आफ्नो स्टाटसमा “उमेदवार नामावली देखेर चै तीन छक परे म त । न नेपाली लिपीमा क्रम छ,न अंग्रेजी अल्फाबेटमा मिलाएको छ,न त शुरुमा दर्ता गरेकाको नाम अनुसार भएको छ । कुन तरिका हो यो नामावली प्रकाशनको ? कि जसो गरे पनि हुन्छ भन्ने हो नयाँले ?” लेखेका छन्।

उनको स्टाटसमा “जिज्ञाषा बढ्यो के चितवनको गर्मी जस्तै । बुझिन मैले बुझाईदेउ कसैले 😁😁 जय घण्टी” भनेका छन्।

उनको स्टाटसमा उनका समर्थक एबम कार्यकर्ताहरुले पनि समर्थन गर्दै उम्मेदवार मनोनयनपत्रप्रति असतुष्टि जनाएका छन्।

उता महामन्त्री पदका बलियो उम्मेदवार ठानिएका दिपक बोहराले पनि उक्त उम्मेदवार मनोनयन पत्र प्रति असन्तुष्टि जनाएका छन्। उनले पनि आज एकाबिहानै सामाजिक सन्जालमा एक स्टाटस राखेर असन्तुष्टि जनाएका छन्।

खुल्लाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका बोहराले आफ्नो नाम उम्मेद्वार मनोनयन पत्रको सुदुर पश्चिम प्रदेशबाट भूगोल तर्फबाट केन्द्रीय सदस्य पदमा देखेपछि असन्तुष्टि जनाएका हुन्। उनले आफ्नो स्टाटसमा “खुल्लामा भनेर प्रचार गरिएको थियो अन्तिममा भूगोलमा परियो। भोट नहालेकाहरूलाई दीपक राज बोहराको उम्मेदवारी सुदूरपश्चिम प्रदेश भूगोलको ७ नम्बरमा छ भनिदिनुहोला ।” भनेका छन्।

प्रतिक्रिया