नेपाल टेलिकमले सुरु गर्‍यो 4G सेवा, फोर जी कसरी चलाउने ?

नेपाल टेलिकमले सुरु गर्‍यो 4G सेवा, फोर जी कसरी चलाउने ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 21.9K
    Shares

टेलिकम्यूनिकेसनको चौंथो पुस्ता 4G आजबाट नेपाल टेलिकमले सुरु गरेको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको 4G सेवाको शुभारम्भ गरे। पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि *444# डायल गर्नु पर्ने हुन्छ। टेलिकमले  हाललाई 3G कै महसुल दरमा 4G सेवा उपलब्ध गराउने जनाएको छ। यो सेवा अहिले पोखरा र काठमाडौंमा सुचारु हुने टेलिकमले जनाएको छ। यसको लागि 4G चल्ने मोवाइल सेट आवश्यक हुन्छ। अहिले चलिरहेको सिम कार्डले सपोर्ट नगरेमा टलिकमबाट नयाँ 4G सिम लिनुपर्ने टेलिकमले जनाएको छ।

टेलिकमको फोर जी कसरी चलाउने ?

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।

टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः

मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ?

तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE  रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्याण्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्नुहोस् ।

सिममा चल्छ कि चल्दैन ?

तपाईंले आफ्नो मोबाइलबाट स्टार ४४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परिक्षण गर्न तथा 4G सेवा सुचारु गर्न सक्नुहुन्छ ।

4G चल्ने सिम कसरी पाउने ?

*४४४# डायल गर्दा यदि तपाईले हाल चलाइरहनु भएको टेलिकमको सिममा 4G नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ ।

यदि अपग्रेड गर्नुस् भन्नेसन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु-सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

शुल्क

4G सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञाशा हुनसक्छ । तर, यसमा आत्तिनु पर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन ।

कुन APN प्रयोग गर्ने ?

4G सेवाको लागि प्रयोगमा आएको ntnet वा ntwap मध्ये कुनै एक APN तपाईंको मोवाइलमा प्रयोग गर्न सकिन्छ ।

महंगो होला कि ?

3G भन्दा धेरै गुणा फास्ट हुने भएकाले महंगो होला कि भन्ने हुनसक्छ । तर, फोर जी सेवा 3G सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न प्याकेजहरु नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजका बारेमा टेलिकमको आधिकारिक वेवसाइटमा अवलोकन गर्न सकिनेछ ।

हालको डाटा प्याकेज के हुन्छ ?

टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै 4G सेवा सुरु भइसक्योर नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने 4G को स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ ।

साथै 4G सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया