पोखरा , १ बैशाख २०८३।
पोखराको सभागृह चोकमा भएको सृजना पौडेल केसीको हत्या प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन्।
चैत २५ साँझ करीब सात बजेको समयमा पोखराको सभागृह चोक नजिक ४२ वर्षीया सृजना पौडेल केसी माथि धारिलो हतियार प्रयोग गरी भएको हत्यामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–११, पर्वत घर भई पोखरा महानगरपालिका–५, जिरो किलोमिटर बस्ने बसन्त केसी र पर्वत फलेवास नगरपालिका–९, भंगारा घर भई पोखरा महानगरपालिका १६, लामाचौर बस्ने नवराज पौडेल क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
उक्त हत्याकाण्डमा संलग्न रहेको आरोपमा यसअघि कास्की प्रहरीले दुई जना मुख्य प्रतिवादी पक्राउ परिसकेका थिए। उनीहरूको बयान तथा घटनाको विस्तृत अनुसन्धानका क्रममा थप दुई जनाको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।
प्रहरीले केही दिन पहिले हत्या आरोपमा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई नियन्त्रणमा लिएको थियो ।
सृजना पौडेल के.सी.को कर्तव्य गरी मृत्यु भएको सम्बन्धमा थप २ जना पक्राउ
मिति २०८२।१२।२५ गते अं.१९:१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ सभागृह चोक नजिक शिवालय चोक स्थित पृथ्वीचोक देखी सृजनाचोक सडक खण्डमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ जिरो कि.मी. घर भई हाल ऐ. पोखरा म.न.पा. १८ सेदी बस्ने वर्ष ४२ की सृजना पौडेल के.सी.लाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरेको घटनाको अनुसन्धानको क्रममा २ जना मुख्य प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाइएकोमा प्रतिवादीहरुको बयान तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा सोही घटनामा संलग्न थप २ जना निम्न व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको
पक्राउ व्यक्तिहरुको विवरण :
C
१. जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमी बस्ने वर्ष २४ को बसन्त के.सी. ।
२. जिल्ला पर्वत फलेवास न.पा. ९ भंगारा स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ लामाचौर बस्ने वर्ष २७ को नवराज पौडेल क्षेत्री ।