पोखरामा गुडिरहेको बसमा आगलागी (भिडियोसहित)

पोखरामा गुडिरहेको बसमा आगलागी (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ बैशाख २०८३
  • 4.7K
    Shares

पोखरा , १ बैशाख २०८३।

पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीको ठूलीबिडीमा सोमबार साँझ यात्रुवाहक बसमा आगलागी भएको हो । बसको वायरिङ सट भई आगलागी भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार , बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङका लागि छुटेको ग १ ख ९५६२ नम्बरको बस पुम्दीभुम्दी पुगेपछि एक्कासि आगो लागेको थियो । आगलागी शुरु भएपछि चालक र सहचालकले तत्काल बस रोकेर यात्रुहरूलाई बाहिर निकालेका थिए । बसमा सवार करिब ४० जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

बसमा आगो लागेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको थियो । तर, आगो तीव्र रूपमा फैलिँदा बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

घटनाबाट मानवीय क्षति नभए पनि बसमा ठूलो भौतिक क्षति पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र आगलागीको यथार्थ कारणबारे प्राविधिक परीक्षणपछि मात्र पुष्टि हुने जनाएको छ । अहिले भने प्रारम्भिक रूपमा विद्युत् सर्ट (वायरिङ सट) नै आगलागीको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया