पोखराको जाल्पारोडमा रेस्टुरेन्ट ब्यबसायको नाममा यौनधन्दा : एक भारतीयसहित चार जना पक्राउ

पोखराको जाल्पारोडमा रेस्टुरेन्ट ब्यबसायको नाममा यौनधन्दा : एक भारतीयसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ बैशाख २०८३
  • 1.1K
    Shares

पोखराम ७ बैशाख २०८३।

पोखराको जाल्पारोडमा रेस्टुरेन्ट ब्यबसायको नाममा यौनधन्दा संचालन गरेको आरोपमा पोखराबाट एक जना भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरुमा यौन धन्दा संचालन गरेको आरोपमा एक जना भारतीय नागरिकसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा भारतको बिहार स्थायी घर भई हाल पोखरा महागरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३१ को अमिर उल्ला मिया, मोरङको कसेरी स्थायी वतन भई हाल पोखरा १७ बस्ने वर्ष २१ की महिला, सिन्धुली स्थायी वतन भई हाल पोखरा ८ मा खाजाघर संचालन गरि बस्ने वर्ष ३१ की महिला र पोखरा २६ बुढिबजार बस्ने वर्ष ५० को विष्णु बहादुर राजभाट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई गएको शुक्रबार साँझ सात बजे पोखराको जाल्पारोडस्थित विभिन्न खाजाघरहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले गरेको छापामारीको क्रममा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा उनीहरुले “आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी महिलाहरुलाई झिकाई सुरुमा होटलको काममा लगाउने र केही समय पछी होटलमा आउने पुरुषहरुबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको पाईएको” प्रहरीले बताएको छ।

जाल्पारोडका खाजाघरहरुबाट दुई जना बालिकाहरुलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका चारै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  1. जिल्ला मोरङ कसेरी स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७
    बस्ने वर्ष २१ की महिला परिवर्तित नामथर “कास्की ६८” ।
  2. जिल्ला सिन्धुली स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ बस्ने
    खाजाघर संचालक वर्ष ३१ की महिला “परिवर्तित नामथर “कास्की ६९” ।
  3. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २६ बुढिबजार बस्ने वर्ष ५० को विष्णु बहादुर
    राजभाट ।
  4. भारत देश बिहार स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९
    नयाँबजार बस्ने वर्ष ३१ को अमिर उल्ला मिया ।

प्रतिक्रिया