बिचौलिया दीपक भट्टसंग पार्टनरशिप रहेको खुलेपछि गृहमन्त्री सुधन गुरुङको पद धरापमा

बिचौलिया दीपक भट्टसंग पार्टनरशिप रहेको खुलेपछि गृहमन्त्री सुधन गुरुङको पद धरापमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ बैशाख २०८३
  • 1.5K
    Shares

पोखराम ७ बैशाख २०८३।

आशालाग्दो काम गरेर जनताको वाहवाही कमाइरहेका गृहमन्त्री सुधन गुरुङको पद धरापमा पर्ने देखिएको छ।

कुख्यात बिचौलिया दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री गुरुङले २५ लाख बराबरको शेयर सुरक्षित गर्दै व्यवसायिक साझेदारी गरेको तथ्य मिडियामा बाहिरिएपछि उनको पद धरापमा पर्ने देखिएको हो ।

गृहमन्त्री गुरुङले त्यसलाई आफ्नो सम्पत्ति विवरणमा जानाजान लुकाएको खुलासासँगै गम्भीर नैतिक संकटमा फसेका गृहमन्त्रीलाई, रास्वपा सभापति रवि लामिछानेले रातारात बूढानीलकण्ठस्थित निवासमा बोलाएर र्‍याखर्‍याख्ती पारेका समाचार स्रोतहरुले जानकारी दिएका छन् ।

अब गृहमन्त्रीलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच निर्णायक छलफल हुन लागेको स्रोतले बताएको छ ।

रविले पहिले नै सुधनलाई गृहमन्त्री बनाउन चाहेका थिएनन् । तर बालेन शाहको दवावमा सुधन गृहमन्त्री बनेका थिए । सम्पत्ति शुद्धिकरणको आरोपमा खोरमा रहेका बिचौलियाका पार्टनर गृहमन्त्रीलाई, सुशासनको नारा दिने बालेन सरकारले बर्खास्त गर्ला त ? आम नागरिकले समेत यो प्रश्न गरिरहेका छन् ।

जेनजी आन्दोलनदेखि नै विवादमा घेरिएका सुधन गुरुङ गृहमन्त्री भएपछि थप एकपछि अर्को विवादमा जोडिएका छन्। जेनजी आन्दोलनमा पानी बाँड्न सहभागी भएर एकाएक अभियन्ता हुँदै गृहमन्त्री बनेका उनका गतिविधि प्रारम्भदेखि नै शंकास्पद देखिएका थिए। 

हामी नेपालको आर्थिक गतिविधिदेखि फ्रि तिब्बत अभियानसम्म जोडिएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर गोर्खाबाट जितेसँगै सर्प्राइजको रूपमा गृहमन्त्रीमा नियुक्त भए।

हामी नेपालमा रहँदै उनी दीपक भट्ट र शंकर ग्रुपसँग जोडिएका थिए। तर उनी रास्वपा हुँदै सांसद भएर गृहमन्त्री नियुक्त भए। गृहमन्त्री नियुक्त हुनु अगाडि नै भदौ २३ र भदौ २४ का गतिविधिमा निकै शंकास्पद देखिएका उनी गृहमन्त्री नियुक्त भएदेखि नै उनी एकपछि अर्को विवादमा तानिँदै आए।

जेनजी अभियानको अभियन्ताको रूपमा सक्रिय रहँदै उनी र विवादित समूह शंकर ग्रुप र दीपक भट्टबिच सम्बन्ध खुलेको थियो। हामी नेपालले दीपक भट्ट, साहिल अग्रवाल र सुलभ अग्रवाललाई सम्मान गरेको विवरण सार्वजनिक भएको थियो। उनले हामी नेपालको सामाजिक अभियानमा सहयोग गरेबापत सम्मान गरेको दाबी गरेका थिए।

तर उनी सो समूहको लगानी रहेको कम्पनीकै साझेदार रहेको खुल्यो। भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स प्रालिमा सुधनको समेत लगानी रहेको खुल्यो। नेपाल बीमा प्राधिकरणमा आफू अनुकूल नेतृत्व लगेका उनीहरूले हिमालयन रीइन्स्योरेन्स लगायत स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले समेत अनुमति पाएको थियो।

यति मात्रै हैन यही समूहको मुख्य लगानी रहेको अर्को संस्था लिबर्टीमा समेत सुधनको नाममा २५ हजार कित्ता शेयर लगानी रहेको खुलेको छ। यसबारे समेत उनले आफ्नो सम्पत्ती विवरणमा खुलाएका छैनन्।

अहिले भट्ट हिमालयन रिइन्स्योरेन्समा रहेको आम नागरिकको लगानी जोखिममा पार्नेगरि रकम हिनामिना गरेको, सम्पत्ति शुद्धीकरण गरेको लगायतको आरोपमा अनुसन्धानका लागि हिरासतमा छन्। उनै भट्टसहितको समूहले अगाडि बढाएको इन्स्योरेन्समा उनको पनि लगानी रहेको सार्वजनिक भएको छ। यती मात्रै हैन, उनले सो इन्स्योरेन्समा आफ्नो लगानी रहेको विवरण सम्पत्ति विवरणमा लुकाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरणमा उनले होप होल्डिङ्स प्राली, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालिमा लगानी रहेको उल्लेख छ। तर स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा भएको लगानीबारे उल्लेख गरेका छैनन्। उकेराले पाएको स्टारको सेयर लगतमा प्रस्ट उनको नाममा सेयर रहेको देखिन्छ। नागरिकता नम्बरदेखि बाबुको नाम समेत मेल खाएको छ।

स्टारमा रहेको सेयर विवरण।

उनको सम्पत्ति विवरण सार्वजनिक भएदेखि नै यसको स्रोतबारे प्रश्न उठिरहेको थियो। स्टारको सेयर लगत र उनले बुझाएको सम्पत्ति विवरणले उनले आफ्नो लगानी लुकाएको पुष्टि भएको छ।  

गृहमन्त्री नियुक्त भएसँगै सरकारी सुविधाको गाडी नचढ्ने भन्दै उनले निजी गाडीको प्रयोग गरेका थिए। त्यसबारे उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो। रातो कार उनको लगानी रहेको कम्पनीको नाममा रहे पनि उनले प्रयोग गर्दै आएका छन्। दोस्रो कारबारे उनले अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ मा भएको ध्वंसात्मक गतिविधी र त्यसमा सुधन र उनी संलग्न हामी नेपालको गतिविधी निकै शंकास्पद देखिएका थिए। यसबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा समेत उल्लेख छ। तर उनको गतिविधीबारे विस्तृतमा अनुसन्धान भएको छैन।

शंकास्पद घरानासँगको दोस्ती

शंकर समूह र दीपक भट्ट पछिल्लो समय नीति निर्माण तहदेखि राजनीतिक तहसम्म प्रभाव विस्तार गरेर बीमा क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको समूह हो। नियामक र निर्णायक ठाउँमा आफ्नो ब्यक्तीको नियुक्त गराएर आफू अनुकुल निर्णउ गराउन यो समूह सक्रिय थियो।

यसले २०७९ मा जीवन बीमा र पूनर्बीमा क्षेत्रमा आफ्नो पडक बढाउँदै लगेका थिए। यो बीचमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले लाइसेन्स पाए पनि यी सबैमा यही समूहको ब्यक्तीहरुको लगानी देखिएको थियो। योमध्ये लिबर्टीमा अन्यसँगै सुधनको पनि लगानी रहेको खुल्यो।

निर्जीवन बीमामा अनुमती पाएको नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्सले अनुमती पायो। भिन्न भिन्न कम्पनी भए पनि लगानीकर्ताहरु भने शंकर र भट्टकै समूहका थिए। यीमध्ये स्टारमा पनि सुधनको लगानी देखियो। 

सुधनको लगानी शंकर समूह र भट्टको इन्फिनिटी होल्डिङ्सको लगानी रहेका दुई कम्पनीमा देखिनुले उनी पनि यो समूहमा सक्रिय रहेको देखिन्छ। 

प्रतिक्रिया