पोखरा , १ बैशाख २०८३।
पोखराबाट काठमाडौं जाँदै गरेको कार तनहुँको शेराफाँटमा दुर्घटनाग्रस्त हुँदा एक बालकसहित सात जना घाइते भएका छन्।
काठमाण्डौ जाँदै गरेको कार तनहुँको खैरेनी-थर्पु खण्डको सेराफाँटमा दुर्घटनाग्रस्त हुँदा एक बालकसहित सात जना घाइते भएका हुन्। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि तनहुँको बेलचौतारास्थित जिपि मेमोरियल लगायत अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।