मृतकको रकम खाने राजदूत अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर

मृतकको रकम खाने राजदूत अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ चैत्र २०७२
  • 10.3K
    Shares

मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ । अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनुपर्ने थियो । पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ । अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।

प्रतिक्रिया