पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्नका लागि बलात्कारीलाई कडा सजाय दिनुपर्ने बताएका छन् ।
‘मोटरवे ग्याङ रेप’ले सिंगो मुलुकलाई नै त्रसित बनाएको भन्दै प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले आफू स्तब्ध भएको र बलात्कारीलाई कतिसम्म कडा कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् ।
उनले यतिसम्म कडा सजायको प्रस्ताव गरेका छन् कि उनले भनेका छन्, बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्नुपर्छ ।
गत हप्ता मात्रै लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई सडकमा निकालेर बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।