सरांङकोट बाल सुधार गृहमा कोभिड सुरक्षा साम्रागी सहयोग

सरांङकोट बाल सुधार गृहमा कोभिड सुरक्षा साम्रागी सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.7K
    Shares

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा एड्भोकेसी नेपालको सहयोगमा बाल सुधार गृह सरांङकोटमा कोभिड सुरक्षा साम्रगी तथा बाबा फाउन्डेशन नेपालको सहयोगमा शैक्षिक साम्रगी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कोभिडको कारण कानुनी विवादमा परेको बालबालिकाहरुलाई थप असहज भएकाले उनिहरुलाई सुरक्षित बनाउनका लागि स्वास्थ्य सुरक्षा साम्रगी वितरण गरिएको थियो ।

कुल ७७ बालक रहेका बाल सुधार गृहमा प्रत्येक बालकलाइ छ्ट्टा छ्ट्टै मास्क, सेनिटाइजर,साबुन पानी खाने वोतल,चप्पल तथा कापी कलम लगाएतको साम्रगी वितरण गरिएको थियो भने बाल सु्धार गृहका लागि डिसइन्फेकसन
लिकुइड, हात धुने केन्द्र,भलिवल तथा सेनिटाइजर स्टेशन लगायत अन्य साम्रागी वितरण गरिएको थियो । बालबालिकाको संख्या क्षमता भन्दा बढि भएकाले कोभिडको समयमा थप जोखिम भएको गृहकी इन्चार्ज रमा शर्माले बताउनुभयो ।

कार्यक्रममा पोखरा वडा नं १८ का वडा अध्यक्ष रणबहादुर थापा, एड्भोकेसी फोरम नेपालका अध्यक्ष तथा बरिष्ठ अधिवत्ता हरि प्रसाद सुवेदी संयोजक कुन्जनी परियारको उपस्थिती थियो । आआफ्नो लागि छुट्टा छ्ट्टै सुरक्षा साम्रगी तथा सहयोग पाएकोमा खुशी भएका बालकहरुले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार