पोखरामा सोमबार बिहान सात प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार, पोखरा महानगरपालिका वडा नम्बर ४ गहिरापाटनस्थित प्रारी कार्यालयाअ कार्यरत ५ जना र वडा नम्बर १७ स्थित प्रहरी कार्यालयमा २ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, पोखरा १४ का ६ वर्षीय बालक, २६ वर्षका पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २८ र ३७ वर्षीया महिला र भारतबाट आएका पोखरा ३३ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी विदेशबाट आएर क्वारेन्टिनमा बसेका बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुइहजार नौसय ९१ पुगेको छ ।